पछिल्लो दुई दिनमा उठ्यो ५८ अर्ब ९९ करोड ३८ लाख रुपैयाँ राजस्व, विकास खर्च भने सारै सुस्त !

काठमाडौं । पछिल्लो दुई दिनमा सरकारले ५८ अर्ब ९९ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले पुष २८ र २९ गते उक्त राजस्व संकलन गरेको हो । 

पुस महिनामा कुल १ खर्ब ३७ अर्ब रुपैयाभन्दा बढी राजस्व संकलन भएको छ । तर सरकारले भने उक्त महिना भरिमा १ खर्ब ३५ अर्ब रुपैयाँको राजस्वको लक्ष्य राखेको थियो । महालेखा नियन्त्रक कार्यालयले पुसको लक्ष्य पुरा भएको जनाएको छ । 

यस्तै पुस मसान्तको अन्तिम दिन ४२ अर्ब ४६ करोड रुपैयाँ र  पुस २८ गते १५ अर्ब ८१ करोड रुपैयाँ राजस्व सरकारले उठाएको थियो । 

महालेखा नियन्त्रक कार्यालयका अनुसार १३.७२ प्रतिशतमात्र विकास खर्च भएको छ । जसमा विकास खर्चको अवस्था भने नाजुकनै देखिन्छ ।
प्रकाशित मिति : Wednesday, January 15, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal