×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न, ८.९५९३ प्रतिशत नगद लाभांश पारित

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न, ८.९५९३ प्रतिशत नगद लाभांश पारित

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रस्तावित ८.९५९३ प्रतिशत नगद लाभांश(कर सहित) पारित भएको छ । विकास बैंकको पुस २९ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरको हो ।
सभाले पारित गरेसँगै संस्थाले शेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको दरले हुन आउने २३ करोड ३५ लाख ३७ हजार २९६ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । हाल विकास बैंकको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख रुपैयाँ रहेको छ ।
साथै, सभाले चालु आर्थिक वर्ष. २०७६/७७ को लागि श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ । हाल यस विकास बैंकले ८९ शाखा कार्यालयहरु, २६ एटिएममार्फत बैंकिङ् सेवा दिँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: