सेयर बजारमा हरियाली, ४२.६१ अंकले नेप्से बढ्दा १ अर्व ३३ करोडमाथिको कारोबार

काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ४२.६१ अंकले बढेर १२५५.७२ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७९ कम्पनीको ३८ लाख ३१ हजार ५४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ३३ करोडमाथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल ५ करोड ८८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश ग्रामिण विकास लघुवित्त र एनआइसी एसिया बैंकको भएको छ ।

यस्तै, आइतबार सबै उपसुचक बढेको छ । जसमा सबैभन्दा धेरै निर्जिवन बिमा समुह बढेको छ । निर्जिवन बिमा समुह ८ दशमलव १७ प्रतिशतले बढेको हो ।

त्यसैगरी सबैभन्दा धेरै प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै माउन्टेन हाइड्रो र सिनर्जी पावरका लगानीकर्ताले गुमाएका छन् ।
प्रकाशित मिति : Sunday, January 12, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal