×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ पुष २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने !

काठमाडौँ –  गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको हो । 
शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले माघ १ मा सार्वजनिक बिदाबारे जानकारी दिए । 
माघी पर्व पवित्र नदिमा स्नान गरेर पुजा आजा गरि मनाइने गरिन्छ । घिउ, चाकु, तरुल आदि परिकार माघी मेलामा खाने गरिन्छ । यस्तै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान विधेयक स्वीकृत गरी प्रदेश सभामा पेश गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: