×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई वाणिज्य बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकमा बचत र कर्जाको कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

दुई वाणिज्य बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकमा बचत र कर्जाको कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंक र एनसीसी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । यी दुई बैंकले मंगलबार नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । 
दुवै बैंकले निक्षेपतर्फ व्यक्तिगतमा ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याजदर दिनेछन् । 
ग्लोबल आइएमईले हाल २० वटा बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा अधिकतम ६ र न्यूनतम ०.७५ प्रतिशत ब्याज तोकेको छ ।
यस्तै बैंकले विभिन्न किसिमका कर्जा पनि दिँदै आइरहेको छ । बैंकबाट ऋण लिँदा सबैभन्दा धेरै १५.४४ प्रतिशत ब्याज तिर्नुपर्नेछ । असोज मसान्तसम्म बैंकको आधार दर ९.४४ प्रतिशत छ ।
यस्तै एनसीसी बैंकले हाल १४ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा बैंकले ६.५० र न्यूनतम ३ प्रतिशत ब्याज दिनेछ । बैंकले सेयर धितोकर्जा, पर्सनल लोन, होम लोन, शैक्षिक धितोकर्जामा १६.७७ प्रतिशत ब्याज तोकेको छ भने सवारी साधान खरिदका लागि ऋण लिँदा १४.७७ प्रतिशत ब्याज तिर्नुपर्नेछ ।
बैंकको असोज मसान्तसम्मको आधार दर १०.७७ प्रतिशत रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: