घुस रकमसहित मालपोत कार्यालय नवलपरासीका खरिदार पक्राउ !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नेत्रबहादुर चौधरीलाई ४० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ । चौधरी भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासीका खरिदार हुन् । 

चौधरीले मोही सम्बन्धी जग्गा बाँडफाँड गरिदिने भन्दै सेवाग्राहीसँग ४० हजार घुस रकम घुस लिइसकेको अवस्थामा आयोगले बुधबार पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा चौधरीलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।   
प्रकाशित मिति : Thursday, January 09, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal