×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेण्ट बैंकको ३३ औ साधारणसभा सम्पन्न, १९ प्रतिशत लाभांश पारित (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंकको ३३ औ साधारणसभा सम्पन्न, १९ प्रतिशत लाभांश पारित (भिडियो रिपोर्ट)

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३३ औ साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा बसेको साधारणसभाले सञ्चालक समितिले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । त्यस्तै साधारणसभाले आर्थिक वर्ष २०७५-०७६ को संचित मुनाफाबाट शेयर पूँजीको १० दशमलव ५ प्रतिशत बोनस शेयर र ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ । बोनस पारित भएसँगै बैंकको चुक्तापूँजी १४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वित्तीय विवरण अनुसार असार मसान्त सम्म कुल निक्षेप ८ दशमलव ४५ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब पुगेको छ भने कर्जा लगानी ५ दशमलव २३ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको छ । त्यस्तै बैंकको खराब कर्जा अनुपात २ दशमलव ७८ प्रतिशत रहेको छ । बैंकले ८२ वटा शाखा कार्यालय, १६ वटा एक्टेन्सन काउन्टर, १० वटा राजश्व संकलन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सुविधा र १२४ वटा एटिएम काउन्टर मार्फत बैंकिङ सेवा दिएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: