×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा हरियाली : २६ अंकले बढेको नेप्से १३१०.२३ विन्दुमा, कारोबार १ अर्व ६९ करोडमाथि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

सेयर बजारमा हरियाली : २६ अंकले बढेको नेप्से १३१०.२३ विन्दुमा, कारोबार १ अर्व ६९ करोडमाथि

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार २६ अंकले बढेर १३१०.२३ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८१ कम्पनीको ५० लाख २५ हजार ५ सय ६३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ६९ करोड माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको कुल १४ करोड ३८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश शिभम् सिमेन्टस् र एनआईसी एसिया बैंकको भएको छ ।
यस्तै, बिहिबार अन्य उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । जसमा सबैभन्दा धेरै फाइनान्स समुह बढेको छ । फाइनान्स समुहको ४ दशमलव १६ प्रतिशतले बढेको हो ।
त्यसैगरी सबैभन्दा धेरै एनआईबिएल प्रगति फण्ड र मल्टी प्रपोज फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै महिला सहयोगी माइक्रोफाइनान्स र अरुण काबेली पावरका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: