×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिटर ब्याजको फन्डा : दादागिरी सहने नसकेर काठमाडौँ आइपुगे ऋण पीडीत, चलाउला त प्रहरीले पीडक माथि डण्डा ? (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ पुष २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

मिटर ब्याजको फन्डा : दादागिरी सहने नसकेर काठमाडौँ आइपुगे ऋण पीडीत, चलाउला त प्रहरीले पीडक माथि डण्डा ? (भिडियो)

काठमाडौँ – सर्लाहीका रामबाबु राय र सञ्जय साह रौनियारको ऋण आतंकबाट बन्धक बनेका स्थानीयहरु न्याय खोज्दै राजधानी आइपुगेका छन् । ऋण लिएको पैसा भन्दा तीन गुणाबढीको कागज बनाउन लगाउने र घरजग्गा समेत बन्धकी राखेर हडप्ने गरेको आरोप स्थानीयले लगाएका छन् । फिर्ता नगर्ने राय र रौनियारका सावाँ ब्याजसहित पैसा चुक्ता गर्दा समेत घरजग्गा फिर्ता नदिने गरेको स्थानीयको भनाई छ ।
महान्यायाधीवक्ता अग्नि खरेलले ठगहरुलाई पक्राउ गरी जग्गा फिर्ता गर्ने आश्वासन दिँदै स्थानीय प्रशासनमा उजुरी दिन आग्रह गर्नुभएको छ । ‘न्यायका लागि भनेर राजधानी आउनुभयो ठिक गर्नुभयो । तर लिएको पैसा भन्दा तीन गुणा बढीको कागज तपाईहरुले पनि गल्ती गर्नुभएको छ । तर अहिले जे जे बोल्नुभएको छ त्यही कुरा लेखेर प्रहरीमा निवेदन दिनुहोस् । न्याय पाउनुहुन्छ । अन्तिम समयसम्म सरकारर्लाइ साथ दिनुहोस् न्याय पाइन्छ’, उहाँले भन्नुभयो । 
प्रहरी प्रमुख सर्वेन्द्र खनालले श्याम परदेशी लगायतका ठगहरुलाई तह लगाइएको बताउँदै राय र रौनियारलाई समेत नछोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘सम्बन्धित जिल्लामा उजुरी दिनुहोस् तपाईहरुले न्याय पाउनुहुन्छ । फटाह बदमासहरुलाई तह लगाउँछौँ’, उहाँले भन्नुभयो । 
राय र रौनियारले स्थानीयहरुको करोडौँ रुपैयाँ ठगेर उनीहरुको जग्गा पनि हडप्ने गरेका छन् । ऋण दिएको पैसाभन्दा तीन गुणाबढीको कागज बनाउने र जग्गा समेत आफ्नो नाममा गरि पैसा चुक्ता गर्दा समेत जग्गा फिर्ता नदिने गरेको स्थानीय बताउँछन । गरिब जनताहरुको पसिनामाथि रजाई गर्ने राय र रौनियार जस्ता ठगहरुलाई सरकारले कारवाहीको दायरमा ल्याएर न्यायको अनुभूति गराउन आवश्यक छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: