×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्ता लाग्यो केकमा देशको नक्सा राख्ने ‘कुबुद्धि’ भएको कम्पनी, प्रेमजोडीदेखि अश्लील आकृतिको केक पनि बनाउँछ ‘बिग बेक’

PRIME CA

पत्ता लाग्यो केकमा देशको नक्सा राख्ने ‘कुबुद्धि’ भएको कम्पनी, प्रेमजोडीदेखि अश्लील आकृतिको केक पनि बनाउँछ ‘बिग बेक’

अर्थ सरोकार

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार

काठमाडौँ । प्रधानमन्त्रीको केक काण्ड अहिले चर्चामा छ । चर्चा यतिसम्म छ कि फेसबुक र ट्वीटरमा यो फोटोले निकै स्थान पाएको छ । अधिकांसले यसको विरोध गरेका छन् भने कहिले अन्य देशमा पनि देशको नक्सा र झण्डाको केक काटिने गरेको भन्दै तर्क गरेका छन् । तर सत्य यहि हो कि, नेपालीलाई त्यो पच्दैन । नेपालीलाई देशप्रति गरिएको यस्तो भद्दा मजाक पच्ने कुरा पनि होइन । 

आखिर कसले बनाएछ त यस्तो केक ?

प्रधानमन्त्रीका लागि आठराई गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर केक लगिएको थियो । र सोहिबेला यहि केकको भिडियो खिचिएको रहेछ । भिडियोमा बडेमानको केक प्याक गरिएको छ। त्यसमा लेबल पनि प्रष्टै देखिन्छ। यो बेकरी बालुवाटारको चिनियाँ दूतावासअगाडि छ । यो केक पसलले थ्री डी  केकहरु बनाउने गरेको छ । तपाईंले अश्लील खालको आकारसहितको केक बनाउन दिए पनि उसले बनाइदिने गरेको छ । केहि दिन अघि काठमाडौँमा एक ग्राहकले आफ्नो एनिभर्सरीमा अश्लील खालको केक बन्छ भनेर सोध्दा उक्त पसलले बन्छ भनेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: