×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गए १०० रुपैयाँमै आइपिओ भर्ने दिन : सेबोनले ‘बुक बिडिङ’ लागु गरेपछि अव यसरी निर्धारण हुन्छ सेयरको मूल्य !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

गए १०० रुपैयाँमै आइपिओ भर्ने दिन : सेबोनले ‘बुक बिडिङ’ लागु गरेपछि अव यसरी निर्धारण हुन्छ सेयरको मूल्य !

काठमाडौं । सेयर लगानीकर्ताहरुले अब १००रुपैयाँ मा नै प्राथमिक सेयर अर्थात आइपीओ किन्न नपाउने भएका छन् ।  नेपाल धितोपत्र बोर्डले बुक बिडिङमार्फत निजी कम्पनीहरुले पनि आइपिओ जारी गर्न पाउने व्यवस्था गरेपछि सेयर लगानीकर्ताहरुले अब एक सय रुपैयाँमा सेयर किन्न नपाउने भएका हुन् । फागुन १ गते देखि लागु भएको यो नियमको कार्यविधि बन्नसमेत सुरु भइसकेको छ । हाल नेप्सेमा बैंक तथा वित्तीय क्षेत्रको ७५% हिस्सा छ । बाँकी हिस्सामा होटेल, हाइड्रोपावरलगायत छन् । जसकारण नेप्से इन्डेक्सले अर्थतन्त्रको ऐनाको रुपमा काम गर्न नसकेको विश्लेषण यसअघि सरोकारवालाहरुले गर्दै आएका थिए

बुक बिडिङ भनेको के हो ?
बुक बिडिङ भनेको बोलकबोलमार्फत् कम्पनीको सेयर लगानीकर्ताले खरिद गर्न पाउने तरिका हो । बोलकबोलमा जसले बढी मूल्य कबोल गर्छ उसले सेयर किन्न पाउँछ । त्यसपत्रि क्रमशः कम बोलकबोल गर्नेले पाउँछन् । कम कम गर्दै जति मूल्यमा आउँदा कम्पनीले आवेदन मागेको सेयर संख्या सकिन्छ, त्यहाँ ‘कटअफ’ गरिन्छ । र, बाँकी रहेको सेयर संख्या उक्त मूल्यमा सर्वसाधारणलाई बिक्री गरिन्छ । यो नियम लागु भएपछि १०० रुपैयाँमा नै सहजै सेयर किन्न सकिने अवस्था नहुने भएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: