महालक्ष्मी लाईफ इन्स्योरेन्सले यसरी मनायो पहिलो बार्षिकोत्सव, २१ तस्विरमा हेर्नुहोस् 'एनिभर्सरी'को रौनक (फोटो फिचर)

काठमाडौँ - महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम बार्षिकोत्सव मनाएको छ । सो अवसरमा कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । महालक्ष्मी लाईफ इन्स्योरेन्स २०७५ माघ २७ गतेबाट संचालनमा आएको थियो । इन्स्योरेन्सले १ वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको हो ।  कम्पनीले एक वर्षको छोटो अवधिमा ३८ जिल्लामा ६० वटा शाखा र उपशाखा संचालन गरिसकेको छ । यस्तै ६० जिल्लामा अभिकर्ता तालिम संचालन गरी बीमा समितिबाट इजाजत लिएर हाल ७,३२३ अभिकर्ताहरु यस कम्पनीमा कार्यरत छन्। 

यता इन्स्योरेन्सले २०७६/०७७ को अन्त सम्ममा थप २५ वटा शाखा र उपशाखा संचालनमा ल्याउने तयारी गरिरहेको छ ।  कम्पनीले १ महिना भित्र शाखा रहित बीमा पोलिसी जारी गर्ने गरी टेवलेट इन्स्योरेन्सको कार्यक्रम संचालन गर्ने कम्लेपनीले जनाएको छ । वार्षिकउत्सवकै अवसर पारेर कम्पनीले ५० लाखसम्म दाबी भुक्तानी गर्ने गरी घातक रोगपूरक सुविधा योजना संचालनमा ल्याएको जानकारी गराएको छ ।

फोटो फिचरमा हेर्नुहोस् कम्पनीको 'एनिभर्सरी'को रौनक
















प्रकाशित मिति : Wednesday, February 12, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal