×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सञ्चारमन्त्रीसँग घुसको डिल गरेका मिश्रको दावी, ‘मन्त्रीले ४ अर्व ८० करोड कमिसन खान खोजेपछि अडियो बाहिर ल्याएँ’

PRIME CA

सञ्चारमन्त्रीसँग घुसको डिल गरेका मिश्रको दावी, ‘मन्त्रीले ४ अर्व ८० करोड कमिसन खान खोजेपछि अडियो बाहिर ल्याएँ’

८ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको ७० करोडको घुस काण्डको खुलासा भएको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ घुस काण्ड सार्वजनिक भएको हो । उनले डिलका क्रममा बोलेको अश्लील शब्द ‘मु*’ पनि अहिले भाइरल भएको छ । उनीसँग डिल गरेका व्यक्ति बिजयप्रकाश मिश्रले भने मन्त्रीले ४ अर्व ८० करोड कमिसन खान खोजेपछि अडियो बाहिर ल्याएको दावी गरेका छन् । 

मिश्रले उक्त रकम नियमसंगत तरिकाबाट आउने भएपनि ४० अर्बको १२ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड रकम कमिशन खान खोजेपछि अडियो बाहिर ल्याएको दावी गरेका छन् । ‘मन्त्रीलाई त्यति रकमले पनि नपुगेपछि अर्को कम्पनी खोज्न थालियो । र, जर्मन कम्पनीले ४० अर्बको १२ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड रकम कमिशन खान खोजेपछि हामीले उक्त कुराकानी बाहिर ल्याएका हौँ ।’ उनले भने । 
साथै उनले आज अडियो बाहिर नल्याएको भए आजै लेखा समितिबाट जर्मन कम्पनीलाई ठेक्का दिने सहमति हुन लागेको खुलासा गरेका छन् । लेखा समितिका मान्छेहरुले पनि कमिशन खाने गरी सेटिङ गरिसकेको उनको दाबी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: