नेपाल कमर्श क्याम्पसमा अध्ययनरत छात्रा कक्षा कोठाभित्रै बलात्कृत ! लोकेश ढकाल प्रहरी नियन्त्रणमा ! (भिडियो)

काठमाडौँ । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् । बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर एक युवकले जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरी समक्ष दिएकी छिन् । 

पीडित २९ वर्षीया छात्राले उजुरी दिएलगत्तै नेपाल कमर्स क्याम्पसमा तेस्रो समेस्टरमा अध्ययनरत कैलाली लम्कीका २१ वर्षीय लोकेश ढकाललाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले नियन्त्रणमा लिएको छ ।

आफूसँगै कक्षामा प्रवेश गरेका ढकालले कोही पनि नभएको मौका छोपेर आफूमाथि जबरजस्ती दुर्व्यवहार गरेको किटानी जाहेरी पीडित छात्राले प्रहरी समक्ष दिएकी छन् ।
प्रकाशित मिति : Thursday, February 20, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal