नेपाल राष्ट्र बैंकले २ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गर्दै, अपराह्न ३ बजे बोलकबोल हुने

काठमाडौं - नेपाल राष्ट्र बैंकले २ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ । उक्त ट्रेजरी बिल निष्काशन गर्न सोमबार अपराह्न ३ बजे बोलकबोल हुने भएको छ । मंगलबार जारी हुने यस ट्रेजरी बिल २०७७ साल जेठ १३ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले ९१ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
प्रकाशित मिति : Monday, February 24, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal