×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार १७.११ अंकले बढ्यो बजार, १ अर्व ५३ करोडमाथिको कारोबार

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ माघ २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

मंगलबार १७.११ अंकले बढ्यो बजार, १ अर्व ५३ करोडमाथिको कारोबार

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार १७.११ अंकले बढेर १३४१.३८ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७५ कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ५३ करोडमाथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको कुल १५ करोड २ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश :  एनआईसी एशिया बैंक र सिभिल बैंकको भएको छ ।
यता, मंगलबार व्यापार उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै सिभिल लघुवित्त बित्तिय संस्था र नेपाल सेवा लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै युनियन हाइड्रोपावर र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: