आइतबार १३.७० अंकले घट्यो बजार, ९५ करोड ४ लाख माथिको कारोबार

काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १३.७० अंकले घटेर १३१९.९९ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७३ कम्पनीको  २५ लाख ५० हजार २६६ कित्ता सेयर खरिद बिक्री हुँदा ९५ करोड ४ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार नेको इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल ३ करोड ८८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश : ग्लोबल आईएमइ बैंक र एनआईसी एशिया बैंकको भएको छ ।

यता, आइतबार म्यानुफ्याक्चर एण्ड प्रोडक्सन उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै स्वाभिमान लघुवित्त बित्तिय संस्था र कन्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै प्रुडेन्सियल इन्स्योरेन्स  र डिबेश्वोरि हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । 
प्रकाशित मिति : Sunday, February 09, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal