×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से परिसूचक ४.२८ अंकले बढ्यो, ९३ करोड २० लाखमाथिको कारोबार

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

नेप्से परिसूचक ४.२८ अंकले बढ्यो, ९३ करोड २० लाखमाथिको कारोबार

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ४.२८ अंकले बढेर १३२४.२६ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७५ कम्पनीको २३ लाख ६० हजार ५८४ कित्ता सेयर खरिद बिक्री हुँदा ९३ करोड २० लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको कुल १३ करोड ६६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश : नागरिक लगानी कोष र एनआईसी एशिया बैंकको भएको छ ।
यता, सोमबार हाइड्रोफाइनान्स, फाइनान्स, जीवन बीमा र म्युचुअल फण्ड उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै सिभिल लघुवित्त बित्तिय संस्था र एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै एभरेष्ट बैंक र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: