×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं – शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस अनुसार, आज (सोमबार)सम्म कायम सेयरधनीले मात्र उक्त सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले ३०% हकप्रद सेयर जारी गर्न  मंगलबार (फागुन १३ गते) एक दिन बुक क्लोज गर्ने भएको छ । 
कम्पनीले १०ः३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रदलाई सुरक्षित आधार जनाउने ‘ग्रेड ३’ प्लस रेटिङ दिएको छ । 
हाल शिखर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ३०% हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: