×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५१.१२ प्रतिशतले खुद नाफा बढाएको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको जगेडा कोषमा ५३ करोड ५२ लाख…

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

५१.१२ प्रतिशतले खुद नाफा बढाएको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको जगेडा कोषमा ५३ करोड ५२ लाख…

काठमाडौं – शाइन रेसुंगा डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममाको खुद नाफा ३० करोड ७ लाख ९४ हजार रुपैयाँ कमाएको रिपोर्ट प्रकाशित गरेको छ । यो नाफा गत वर्षको तुलनामा ५१.१२% ले धेरै हो । गत वर्ष बैंकले १९ करोड ९० लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो ६ महिनामा बैंकको वितरणयोग्य नाफा भने २५ करोड ३६ लाख ६० हजार रुपैयाँ छ ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको कारणले खुद नाफा पनि बढेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ६७.४८% र ५१.१६% ले बढेको छ । गत वर्ष ४० करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले बढाएर ६८ करोड ६६ लाख ७२ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा २८ करोड २५ लाख ३० हजार रुपैयाँबाट बढेर ४२ करोड ७० लाख ९२ हजार रुपैयाँ पुगेको छ ।  
बैंकले पुससम्ममा २६ अर्ब ७७ करोड ५६ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गर्दा २३ अर्ब ८९ करोड ८२ लाख ४८ रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी २ अर्ब ६२ करोड २९ लाख ४ हजार रुपैयाँ रहेको शाइन रेसुंगाको जगेडा कोषमा ५३ करोड ५२ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
यता, खराब कर्जा भने ०.१७%बाट बढेर ०.६१% पुगेको छ । बैंकको प्रतिसेयर आम्दनी वार्षिक २२ रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ७१ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: