स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई गाभ्ने

काठमाडौँ - स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । यी दुई संस्थाबीच माघ २८ गते अर्थात मंगलबार  प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई १००:७० को स्वापमा गाभ्न लागेको हो । यद्यपि अन्तिम स्वाप भने डिडिए प्रतिवेदनको आधारमा तय हुनेछ । 

काभ्रेपलाञ्चोकको  बनेपा नगरपालिकामा केन्द्रिय कार्यालय रहेको स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार रुपैयाँ रहेको छ। भने धनुषाको जनकपुर उपमहानगरपालिकामा केन्द्रिय कार्यालय रहेको जनकपुर लघुवित्तको चुक्ता पूँजी ३ करोड ४७ लाख ५० हजार रुपैंया छ । 
प्रकाशित मिति : Wednesday, February 12, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal