×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईजीपी ज्ञवालीले लगाइदिए बढुवा भएका ३ जना एआईजीलाई फुली

PRIME CA
laxmi sunrise bank

आईजीपी ज्ञवालीले लगाइदिए बढुवा भएका ३ जना एआईजीलाई फुली

अर्थ सरोकार

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार

काठमाडौं । तीन जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदबाट एआईजीमा बढुवा भएका हरिबहादुर पाल, शैलेश थापा क्षेत्री र तारिणीप्रसाद लम्साललाई प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले एआईजी पदको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
उनीहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आईजीपी ज्ञवालीले एक कार्यक्रमबीच दर्ज्यानी चिह्न प्रदान गरेका थिए । बढुवा भएका तीनै जनालाई नेपाल सरकार (मन्त्रिपरिषद्) को ९ चैतको निर्णयले एआईजीमा बढुवा गरेको थियो ।
बढुवा भएका एआईजीहरूलाई आईजीपी ज्ञवालीले बधाई दिँदै पदोन्नतिपछिको साङ्गठनिक योगदान थप महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । ‘तपाईंहरूको कडा मिहिनेत, लगनशीलता, इमान्दारी र प्रष्ट सेवाभावको कदर स्वरूप पदोन्नति हुनुभएको छ । भावी रणनीति मजबुत बनाउने र फिल्डमा कार्य गर्ने प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनेतर्फ तपाईंहरूको भूमिका हुनेछ भन्ने आशा छ,’ आईजीपी ज्ञवालीले भने ।
त्यस्तै, हाल नेपाल प्रहरी सामु समायोजन गर्ने चुनौती रहेको उल्लेख गर्दै चुनौतीबीच अवसर खोजेर सङ्गठनको श्रीवृद्धितर्फ लाग्नु सबै प्रहरी अधिकृतहरूको दायित्व भएको बताए । दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उच्च प्रहरी अधिकारीको उपस्थिति थियो । यो सँगै काम र कमाण्डमा अब्बल एआईजी हरी पाललाई भवी आईजिको रुपमा हेर्न थालिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: