×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुससहित सुपरभाइजर कैलाश प्रसाद दाहाल अख्तियारको नियन्त्रणमा…

PRIME CA

घुससहित सुपरभाइजर कैलाश प्रसाद दाहाल अख्तियारको नियन्त्रणमा…

अर्थ सरोकार

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार

काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका इलेक्ट्रीकल सुपरभाइजर कैलाशप्रसाद दाहाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालले उनलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिईरहेको अवस्थामा पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सेवाग्राहीसँग नयाँ क्षमता वृद्धिको मिटर जडानका लागि भन्दै रकम लिईरहेको अवस्थामा पक्राउ गरिएको हो । दाहाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि कोइरालाले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: