×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पास वितरणमा बैंकहरुलाई प्रशासनको विभेद ? कसैलाई ४ वटा मात्रै पास, कसैले १० बढी लगे…!

PRIME CA

पास वितरणमा बैंकहरुलाई प्रशासनको विभेद ? कसैलाई ४ वटा मात्रै पास, कसैले १० बढी लगे…!

अर्थ सरोकार

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार

काठमाडौँ । बैंकका शाखा खोल्न दिने पासमा चर्को विभेद देखिएको छ । सरकारले लकडाउन आह्वान गरेपनि नेपाल राष्ट्र बैंकले केहि निश्चित शाखा निश्चित समयका लागि खोल्न निर्देशन दिएपछी बैंकका प्रतिनिधिहरु प्रशासनमा पास लिन गएका थिए । तर कतिपय बैंकलाई ७ वटा पास दिइएको पाइएको छ भने कतिलाई ४ वटा मात्र पास दिइएको छ । अझ एक बैंकले त १० वटाभन्दा बढी पास लागेको पाइएको बैंकरहरुले गुनासो पोखेका छन्। 
प्रशासनको दावी छुट्टै, यथार्थ छुट्टै?
यता प्रशासनले भने कसैलाई पनि विभेद नगरीको दाबी गरेको छ । ‘सबैलाई उति नै पास दिइएको छ । यस्तो बेलामा विभेद गर्ने कुरा हुन्न ।’ जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले अर्थ सरोकारसँग भने । यता एक बैंकले आफुले ७ वटा पास लिएको बताएपछि हामीले यस विषयमा क्रस भेरिफाइ गरेका थियौं । तर कतिपय बैंकलाई ४ वटा पास दिइएको छ भने कतिपय बैंकहरुलाई भित्रभित्रै थप पास दिइएको गुनासो बैंकरहरुले गरेका छन् । ‘बैंकर्स संघले आग्रह पछि ज्यानको बाजी थापेर शाखा खोल्न लागिएको छ । बैंकर्स संघले पासको समन्वय किन गरेन ? प्रशासनले संघलाई दिएर संघले अरुलाई बाँडेको भएपनि हुन्थ्यो । कतिले ४ वटा मात्र पाएका छन् भने त्यहि पास कतिपयले १० वटा भन्दा बढी लगेका छन् ।’ ती बैंकरले भने ।
पास नपाएको झोंक पत्रकारमाथि पोखियो !
प्रत्येक बैंकहरुलाई ७ वटासम्म पास दिने भनिएको थियो । तर अन्तिम समयमा आएर यस्तो विभेद गरेको बैंकरहरुको गुनासो छ । यता एक बैंकरले भने आफुले पास नपाएको भन्दै पत्रकारलाई ‘तथानाम’ भन्दै गाली गरेका छन् । बैंक अफ काठमान्डूले ४ वटामात्र पास भएको भन्दै आफुलाई एक बैंकर बताउने (ट्रु कलरले उनको नाम सतिश आचार्य देखाएको छ) व्यक्तिले अर्थ सरोकारका प्रतिनिधिलाई गालीसमेत गरेका छन् । ‘हामीले ४ वटा मात्र पाउने ? अनि ७ वटा वितरण भइरहेको छ भनेर न्युज छाप्ने ?’ त्यसपछि निकै उत्तेजक भएर उनले अर्थ सरोकार प्रतिनिधिलाई गाली गरेका छन् । बैंक अफ काठमान्डूले भने सो नाम गरेको कोही पनि आफ्नो कर्मचारी नरहेको प्रष्टीकरण दिएको छ ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: