बीमा समितिले जारी गर्यो यस्तो 'सर्कुलर', जीवन बीमा गरेकाले चैत मसान्तसम्म बीमा शुल्क बुझाउनु नपर्ने

काठमाडौं - जीवन बीमा गरेकाले चैत मसान्तसम्म बीमा शुल्क बुझाउनु नपर्ने भएको छ । बीमा समितिले चैत महिनाभरि बीमा शुल्क र यसमा लाग्ने ब्याज तिर्न नपर्ने व्यवस्था गरेको हो । कोरोना भाइरस त्रासका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण समितिले सकुर्लर जारी गर्दै जीवन बीमा सम्बन्धी बीमा शुल्क संकलन कार्य चैत मसान्तसम्म स्थगन गर्न निर्देशन दिएको हो ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीका हकमा पनि बीमालेखको म्याद सकिएका सम्बन्धित बीमितले लिखित अनुरोध(विद्युतीय माध्यमबाट प्राप्त) पठाएपछि स्वतः नविकरण हुने भएको छ । 

निर्जीवन बीमकले तत्कालै उत्पन्न हुने दाबी भुक्तानीका लागि बिद्युतीय माध्यम मार्फत बीमितबाट यथेष्ट प्रमाण संकलन गर्ने र अवस्था सामान्य भएपछि तुरुन्त सर्भेयर खटाइ क्षति एकिन गरी दाबी भुक्तानी गर्न बीमा समितिले निर्देशन पठाएको हो । समितिले कोरोना भाइरसको त्रासका कारण उत्पन्न परिस्थिति सामान्य भएपछि बिना ब्याज बीमा शुल्क असुल्न पनि निर्देशन दिएको छ ।
प्रकाशित मिति : Friday, March 27, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal