बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ। आइतबार प्रति तोला ७७ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रतितोला ७७ हजार ५ सय मूल्यमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६६ हजार ४ सय ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ७७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Monday, March 16, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal