कोरोना भाइरस पुष्टि भएकी युवतीसँगै जहाजमा कतारबाट नेपाल आएकाहरुलाई खोज्दै सरकार...

काठमाडौँ - फ्रान्सबाट कतारको दोहा ट्रान्जिट भएर काठमाडौं आएकी १९ वर्षीया एक नेपाली युवतीलाई सोमबार स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस भएको पुष्टि गरेको छ । उनी चैत ४ गते मात्र नेपाल आइपुगेकी थिइन् । १९ वर्षीया ती युवतीलाइ कोरोना पुष्टि भएसँगै सरकारले उनीसँगै जहाजमा आएका अन्य व्यक्तिहरुको खोजी गर्न थालेको छ । 

उनी कतारको दोहाबाट फ्लाइट नम्बर क्यू आर ६५२ नम्बरको फ्लाइटबाट नेपाल आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । उनिसँगै जहाजमा २ सय ५ जना यात्रु नेपाल आएको बताइएको छ । सरकारले ती सबै व्यक्तिको खोजी कार्य गरी परिक्षण गर्ने जनाएको छ । 

साथै उनको परिवारका सदस्यहरुलाई क्वारेनटाईनमा राखिएको मन्त्री ढकालले बताए । संक्रमित युवती हाल टेकु अस्पतालमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : Monday, March 23, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal