×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना प्रभाव : मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

कोरोना प्रभाव : मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित !

काठमाडौं । मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ । सरकारले २५ जना भन्दा धेरैको भेला नहुन आग्रह गरेसँगै मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको हो । अधिकांश देशमा फैलिएको कोरोना भाइरसबाट जोगिन अब मुस्लिम समुदायले घर-घरमै नमाज पढ्न सुरु गरेका छन् । नेपाली जामे मस्जिद संघका अध्यक्ष समिम अन्सारीका अनुसार हरेक शुक्रबार मस्जिदमा पढिने जुम्माको नमाज पनि घरमै पढ्न सुरु भएको हो ।
अन्सारीका अनुसार मदरसाहरूको पठनपाठन पनि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गरिएका छन् । ‘मुस्लिम समुदायले नियमित रुपमा पढिने नमाज र शुक्रबारका दिन पढिने जुम्माको नमाज सकेसम्म घर, कलकारखाना आदिमा पढ्ने र मस्जिदमा सकेसम्म कम उपस्थितिमा पढ्ने, पढाउने, मदरसाहरूमा पठनपाठन बन्द गराउने र अति आवश्यक नभइ कुनै पनि कार्यक्रममा सहभागी नहुन सम्बन्धित सबै मुस्लिम समुदायमा अनुरोध गर्ने निर्णय गरियो’ पत्रमा उल्लेख गरिएको छ । 
अहिले विश्वभर कोरोनाअ भाइरसका कारण १० हजार बढीको ज्यान गईसकेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: