विशाल ग्रुपले कोरोना रोकथाम तथा नियन्त्रण कोषलाई १ करोड रुपैयाँ सहयोग गर्ने !

काठमाडौं । विशाल ग्रुपले पनि  कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । कोरोना भाइरसविरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री सहयोग गर्ने विशाल अन्तर्गतको भीजी फाउन्डेसनले घोषणा गरेको हो । एन ९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई) इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपुर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपलब्ध भएको छ । जसका लागि भीजी फाउन्डेसनले अन्तर्राष्ट्रिय आपुर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको छ ।

यसअघि भीजी फाउन्डेसनले विर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्ति बाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्कहर वितरण गरेको थियो ।
प्रकाशित मिति : Thursday, March 26, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal