महालक्ष्मी लाइफ इन्स्योरेन्सको सराहनीय कदम, लकडाउनमा कम्पनी बन्द हुने, डिजिटल सेवालाई प्रोत्साहन !

काठमाडौँ । सरकारले पूरै देश लकडाउन गरेका बेला महालक्ष्मी लाइफ इन्स्योरेन्सले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने गरी सूचना निकालेको छ । कम्पनीले लकडाउनका बेला कम्पनी बन्द हुने र नवीकरण बीमा रकम बैंक खाताहरुमा विद्युतीय माध्यमबाट जम्मा गर्न र अति आवश्यक परी बीमा गर्नुपरेमा विद्युतीय माध्यमबाट रकम जम्मा गर्ने व्यवस्था मिलाइएको भन्दै सूचना निकालेको हो । 

 साथै कम्पनीले अत्यावश्यक सेवाका लागि ५ जनाको फोन नम्बर नै दिएरसमेत सेवा गरिरहेको छ । यसलाई बीमा क्षेत्रका धेरैले सराहनीय काम भनेका छन् भने ग्राहकहरुले पनि यसलाई 'स्मार्ट तरिका' भनेका छन् ।

प्रकाशित मिति : Tuesday, March 24, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal