×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाविरुद्ध लड्न नेपाल निर्माण व्यवसायी महासंघले पनि १ करोड रुपैयाँ दिने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

कोरोनाविरुद्ध लड्न नेपाल निर्माण व्यवसायी महासंघले पनि १ करोड रुपैयाँ दिने !

काठमाडौं – सरकारले स्थापना फरेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम कोषमा नेपाल निर्माण व्यवसायी महासंघले एक करोड रुपैयाँ जम्मा गर्ने भएको छ ।  निर्माण व्यवसाय विकास परिषद् अन्तर्गत निर्माण व्यवसायी कोषको तर्फबाट कोभिड-१९ को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको महासंघका महासचिव रोशन दाहालले बताएका हुन् ।  
यस्तै महासंघले चैत १८ गतेसम्म मुलुक लकडाउन गर्ने सरकारको निर्णयको महासंघले स्वागत गरेको छ । महासचिव दाहालले सरकारी निर्णयमा सहयोग गर्न सरोकारवाला सबै समक्ष आग्रह पनि गरेका छन्। 
साथै लकडाउनको अवधिमा निर्माण व्यवसायी सदस्यहरुलाई निर्माण कार्य बन्द गर्न र प्रदेश महासंघ, जिल्ला संघ, वस्तुगत संघहरु र एशोसिएट सदस्यहरुले आ-आफ्नो सचिवालय सरकारको निर्देशन अनुसार बन्द गर्न पनि निर्देशन दिएको महासंघले जनाएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: