×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्राइ गर्नुभो ? टेलिकमले दिन थाल्यो रिचार्ज बराबरकै बोनस !

PRIME CA

ट्राइ गर्नुभो ? टेलिकमले दिन थाल्यो रिचार्ज बराबरकै बोनस !

१२ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाको रिचार्जमा शत प्रतिशत बोनस दिने भएको छ । सरकारी स्वामित्वमा रहेको टेलिकमले नियामक नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार सेवाग्राहीहरुलाई बोनस दिने भएको हो ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीका अनुसार प्रयोगकर्तालाई १० रुपैयाँमाथिको रिचार्जमा रिचार्ज रकम बराबरकै बोनस सेवा दिइनेछ । उनले भने, ‘हामीले हाम्रा ग्राहकलाई रिचार्ज बराबरकै बोनस दिने भनेर निर्णय गरिसकेका छौँ । सिस्टममा लोड गर्न केही समय लाग्ने भएकाले बुधबार रातीदेखि प्रयोगकर्ताले बोनस पाउनेछन् ।’ 
कोरोना भाइरस संक्रमण रोक्न उपभोक्ताहरु आआफ्नो घरमा बस्न थालेपछि राहतको रुपमा बोनस दिन नियामकले दूरसञ्चार सेवाप्रदायकलाई मंगलबार मात्र निर्देशन दिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: