×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिलोत्तमा नगरपालिकालाई सलाम ! ‘लकडाउन’मा गरिबहरुलाई बाँड्यो १० किलो चामल र दुई किलो दाल’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

तिलोत्तमा नगरपालिकालाई सलाम ! ‘लकडाउन’मा गरिबहरुलाई बाँड्यो १० किलो चामल र दुई किलो दाल’

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चामल, दाल र नुन बाँड्ने भएको छ ।  दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई ‘लकडाउन’ अवधिमा चामल, दाल र नुन बाँड्ने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले मजदुरी गर्न नपाउंदा छाक टार्नै समस्या हुने परिवारका लागि तत्काल प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पुर्‍याइदिने गरी नगरपालिकाले बिहीबार बिहान निर्णय गरेको हो । सम्बन्धित वडाअध्यक्षले सिफारिस गर्नेवित्तिकै नगरपालिकाले आफ्नै ट्रकबाट घर–घरमै खाद्यान्न पुर्‍याइदिने छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: