विदेश पठाइदिने बाहानामा १० लाख ५३ हजार रुपैयाँ लिई फरार रहेका एक युवक पक्राउ...

काठमाडौँ - वैदेशिक रोजगारीका लागि दुबई पठाईदिने बाहानामा ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बागलुङका ३८ वर्षीय शिवकुमार घर्ती मगरलाई पक्राउ गरेको हो ।  मगरले १० लाख रुपैयाँ भन्दा बढी ठगी गरेको उजुरी परेपछि महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो । 

रोजगारीको प्रलोभनमा पारी ९ जनाबाट १० लाख ५३ हजार रुपैयाँ लिई उनी फरार भएका रहेका थिए ।उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ। 
प्रकाशित मिति : Tuesday, March 17, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal