सिंगापुरले जारी गर्यो नयाँ नियम, अव ३.३ फिटको दुरी कायम नगर्नेलाई १० हजार जरिवाना र ५ महिना जेल


काठमाडौँ - विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग लड्नका लागि सबै देशले कडा कदम उठाइरहेका छन् । त्यसमध्य सिंगापुरले पनि शुक्रबारबाट नयाँ नियम लागू गरेको छ ।

सिंगापुरको स्वास्थ्य मन्त्रालयले लागू गरेको नयाँ नियम अनुसार जो व्यक्तिले अर्को व्यक्तिसँग एक मिटर अर्थात् करिब ३.३ फिटको दुरी कायम गर्दैनन् उनीहरुलाई १० हजार सिंगापुर डलर (करिब ८ लाख ३८ हजार रुपैयाँ) अथवा ५ महिनाको जेल सजाय वा दुबै तोकिने छ । 
प्रकाशित मिति : Friday, March 27, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal