बिहिबार घट्यो सुन चाँदीको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ७६ हजार ५ सय  रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ५ सयले घटेर प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

यता, चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ३ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ५ सय ८३ रुपैयाँ कायम गरेको छ । 
प्रकाशित मिति : Thursday, March 19, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal