×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको कहर : मंगलबारदेखि नेपालस्थित अमेरिकी दूतावासले भिसा सेवा बन्द गर्दै, गर्यो यस्तो आग्रह !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

कोरोनाको कहर : मंगलबारदेखि नेपालस्थित अमेरिकी दूतावासले भिसा सेवा बन्द गर्दै, गर्यो यस्तो आग्रह !

काठमाडौं। नेपालका लागि संयुक्त राज्य अमेरिकाको राजदूतावास काठमाडौंले मंगलबार (चैत्र ४ गते)देखि सम्पूर्ण भिसा रद्द गर्ने भएको छ । अमेरिकी दूतावासले काठमाडौंले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको हो । 
कोरोना भाइरसको प्रकोपका कारण रद्द गरिएको राजदूतावास जनाएको छ । राजदूतावासले ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनस् सञ्‍चालन गर्नेछौं। तर, यस बखत भने निश्‍चित समय तोक्‍न असमर्थ छौं । भिसा रद्द भए पनि एमआरभी शुल्क भुक्तानी गरिएको मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहनेछ’ भनेको छ ।
यस्तै दुतावासले अति जरुरी कारणवश तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्टका लागि निर्देशनको पालना गर्न समेत आग्रह गरेको छ। यता अमेरिकाले पनि राष्ट्रिय आपतकाल घोषणा गरिसकेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: