×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘शुक्रबारभित्र चीनबाट कोरोना रोकथामको आवश्यक औषधि र उकपरण ल्याइन्छ’ : स्वास्थ्यमन्त्री ढकाल

PRIME CA

‘शुक्रबारभित्र चीनबाट कोरोना रोकथामको आवश्यक औषधि र उकपरण ल्याइन्छ’ : स्वास्थ्यमन्त्री ढकाल

अर्थ सरोकार

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथमकालागि चीनबाट औषधि र मेडिकल उपकरणलगायतका सामान ल्याउने भएको छ । सरकारी उच्चस्तरिय समन्वय समितिको बैठकले कोरोना भाइरस रोकथामका लागि परराष्ट्र मन्त्रालयले समन्वय गरेर छिमेकी मुलक चीन र भारतबाट आवश्यक औषधि तथा उपकरण ल्याउने निर्णय गरेको हो । 
सरकारले तीन दिनभित्र चीनबाट कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि अत्यावश्यक औषधि, उपकरण तथा चिकित्सा सामग्रीहरु चीनबाट ल्याउने व्यवस्था मिलाउन लागिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताउनुभएको छ । ‘सरकारले आगामी शुक्रबार भित्र चीनबाट आवश्यक औषधि र उकपरण ल्याइसक्ने वातावरण बनाएको छ,’ मन्त्री ढकालले बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने‘आगामी ३ दिनभित्र मित्र राष्ट्र चीनबाट आवश्यक औषधि र उपकरण आईपुग्छन् । सरकारले यी सामान ल्याउने सबै प्रक्रिया पुरा गरिसकेको छ ।
मन्त्री ढकालले चीनबाट ल्याईएका औषधि र उपकरण प्रदेशहरूमा तत्काल पुर्याउने गरि आन्तरिक संयन्त्र समेत तयार भैसकेको समेत जानकारी दिनुभयो  । उहाँले शुक्रराज सरुवा रोग अस्पताललाई माध्यम अस्पतालका रुपमा प्रयोग गरेर संक्रमित पत्ता लगाउने र उपचारका लागि पाटन अस्पताल प्रयोग गर्ने जानकारी दिनुभयो  ।
यस्तै मन्त्री ढकालले निजी अस्पतालमा पनि क्यारेन्टाइन बनाइने बताउनुभयो । निजी अस्पताल सञ्चालकहरूले जनशक्ति सहित आफ्नो अस्पताल सरकारलाई आवश्यक क्यारेन्टाइन बनाउने दिन बताएको उहाँले बताउनुभयो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: