×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनको कोरोना अस्पतालमा मृत्यु हुने किड्नीका बिरामी थिए, प्रार्थना गरौं, मृत्युको कारण कोरोना नहोस् !

PRIME CA

चितवनको कोरोना अस्पतालमा मृत्यु हुने किड्नीका बिरामी थिए, प्रार्थना गरौं, मृत्युको कारण कोरोना नहोस् !

अर्थ सरोकार

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार

चितवन- भरतपुरस्थित कोरोना विषेश अस्पतालमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारीले जानकारी दिएका छन् ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । 
उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ ।
यादव किड्नीका रोगी थिए।उक्त रिपोर्ट आएपछि मात्रै मृत्युको कारण पहिचाना हुने कोरोना अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए। ‘किड्नीमा लाग्ने लुपस देखिएको छ’ डा. अधिकारीले भने ‘ कोरोना हो कि होइन अहिले भन्ने अवस्था छैन्। रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: