×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्स्योरेन्सले चैत २० गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, यी ठाउँहरुबाट आवेदन दिन सकिने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ चैत्र २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सले चैत २० गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, यी ठाउँहरुबाट आवेदन दिन सकिने !

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सले हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर चैत २० गतेदेखि बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । फागुन २१ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयर खरिद गर्न सक्ने छन् भने लगानीकर्ताले वैशाख १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस्तै उक्त हकप्रद सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाइ नियुक्त गरिएको छ । लगानीकर्ताहरुले एनएमबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको अधिकांश शाखाबाट आवेदन दिने सक्ने भने सेन्ट्रल फाइनान्सको कुपन्डोल र चाबहिल शाखा तथा गुडविल फाइनान्सको हात्तिसार डिल्लीबजार, इन्द्रचोक, काठमाडौं र कुमारीपाटी ललितपुरबाट पनि आवेदन दिन सकिनेछ । 
हाल यस इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ८७ करोड ७० लाख रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: