×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नआतिनुहोस्, प्रतिदिन १ लाख सिलिण्डर ग्याँस नेपाल भित्रिरहेको छ ! ( भिडियो रिपोर्ट)

PRIME CA
laxmi sunrise bank

नआतिनुहोस्, प्रतिदिन १ लाख सिलिण्डर ग्याँस नेपाल भित्रिरहेको छ ! ( भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : २ चैत्र २०७६, आईतवार

काठमाडौं । नेपाल आयल निगमले प्रतिदिन १ लाख सिलिण्डर ग्याँस नेपाल भित्रिरहेकाले लाइन बस्नु पर्ने अवस्था नआउने बताएको छ । कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बनिरहेका बेला डिजेल, पेट्रोल र ग्याँस लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ता आतंकित बनेका बेला निगमले यस्तो बताएको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले आइतबार रक्सौल नाकाबाट मात्रै ८६ बुलेट ग्यास भन्सार पास भएर नेपाल आउने क्रममा रहेको उल्लेख गर्दै काठमाडौं उपत्यकामा ३८ वटा बुलेट आउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज मात्रै रक्सौलबाट ८६ बुलेट भन्सार पास भएर आउने क्रममा छन् । त्यो भनेको १२ सय ८५ लिटर अर्थात १ लाख सिलिण्डर हो ।

 काठमाडौँका लागि ३८ र बाहिरका लागि ४८ वटा बुलेट छन् । त्यो बाहेक भैरहवा, नेपालगञ्ज, काकडभित्ता र धनगढीबाट पनि भित्रिने गरेको छ ।’ निर्देशक पौडेलले फागुन २८ र २९ गते ३ सय १ बुलेट अर्थात ३ लाख ७५ हजार सिलिण्डर नेपाल भित्रिएको बताउनुभयो ।

ग्याँसको भण्डारण नभएका कारण माग बढी हुने वित्तिकै केही समस्या देखिने भएपनि अभाव नै नहुने उहाँको भनाई छ । विपदको समयमा बजारमा कृत्रिम अभावका घटनाहरु हुने गरेको उहाँले स्वीकार गर्नुभयो ।
हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: