×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकद्धारा कोरोनाले नेपाली अर्थतन्त्रमा पार्ने प्रभाबबारे अध्ययन सुरु गर्यो, नेपाललाई ३२ अर्ब क्षति हुने एडिबीको प्रारम्भिक अनुमान

PRIME CA

राष्ट्र बैंकद्धारा कोरोनाले नेपाली अर्थतन्त्रमा पार्ने प्रभाबबारे अध्ययन सुरु गर्यो, नेपाललाई ३२ अर्ब क्षति हुने एडिबीको प्रारम्भिक अनुमान

अर्थ सरोकार

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोनाले नेपाली अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे अध्ययन सुरु गरेको छ । हालसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिए पनि नेपाली अर्थतन्त्रमा पुर्याउन सक्ने असरबारे राष्ट्र बैंकले अध्ययन थालेको हो ।

सारांश

बैंकका प्रबक्ता डा. गुणाकर भट्टले यसको प्रभावका बारेमा अध्ययन थालिएको र अध्ययन गर्न छुट्टै समिति गठन नभएको बताएका छन् । ‘अनुसन्धान विभागको काम नै अनुसन्धान गर्ने भएकाले थप समिति गठन नगरिएको हो’ उनले भने । भट्टकै नेतृत्वमा सो अनुसन्धानको अध्ययन सुरु भएको हो । कोरोनाको प्रत्यक्ष प्रभाव नेपालको औधोगिक क्षेत्र, व्यापार र पर्यटन क्षेत्रमा बढी पर्ने प्रारम्भिक आंकलन छ । 

एशियाली विकास बैंकले गरेको एक अध्ययनले कोरोना भाइरसका कारण नेपालको कुल उत्पादनको १.११ प्रतिशत अर्थात् करिब ३२ अर्ब रुपैयाँ क्षति हुने अनुमान गरेको छ । एडिबीले कोरोनाबाट हुन सक्ने क्षतिलाई कम क्षति, मध्यम क्षति, उच्च क्षति र हाइपोथेटिकल उच्च क्षति गरी ४ भागमा वर्गीकरण गरेको छ । हाइपोथेटिकल उच्च क्षति अन्तर्गत नेपाललाई ३२ अर्ब क्षति हुने एडिबीको प्रारम्भिक अध्ययनले देखाएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: