×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन उल्लंघन हुन थालेपछि सडकमा उत्रियो नेपाली सेना, कर्फ्यू लगाउने प्रहरीको चेतावनी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

लकडाउन उल्लंघन हुन थालेपछि सडकमा उत्रियो नेपाली सेना, कर्फ्यू लगाउने प्रहरीको चेतावनी

जनकपुरधाम । कोरोना सन्त्रासका बीच सरकारले लकडाउन गर्दा पनि प्रदेश नम्बर २ का जनताले  लकडाउन उल्लंघन गरेपछि सडकहरुमा सेना परिचालन गरिएको देखिएको छ । जनताले लकडाउनको अवज्ञा गरेको र प्रहरीको संख्या अपुग भएको भन्दै सेनालाई पनि खटाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनार्दन कट्टेलले जानकारी दिए । सर्वसाधारण घर बाहिर आउँदा उनीहरुलाई सम्झाएर घरभित्रै बस्न सुरक्षाकर्मीले आग्रह गरिरहेको प्रशासकीय अधिकृत कट्टेलले बताए ।
जनकपुरधाममा बिहानैदेखि मोटरसाइकल गुडाउन बन्द नभएपछि प्रशासनले यसतर्फ चासो लिएको छ । ‘घरभित्र बस्नुपर्ने कुरा आफैंले बुझ्नुपर्ने हो’ धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने, “नबुझेको खण्डमा हामी सम्झाइ बुझाइ गर्छाैं ।’ उनले सम्झाउँदा पनि मोटरसाइकल गुडाउन नछाड्नेको चाबी नियन्त्रणमा लिने बताए । ‘चाबी नियन्त्रणमा लिएर एक सातासम्म राख्न लाउँछौं’ उनले भने ।कोरोना संक्रमणबाट बच्न घरमै बस्नुपर्ने सरकारी निर्णयलाई अटेरी गरिरहे प्रदेश २ मा कर्फ्यू नै लगाउने मनस्थितिमा स्थानीय प्रशनसन पुगेको छ । बिहानैदेखि घरबाट बाहिरने क्रम बढेको छ जानकारी दिदै प्रदेश २ का प्रहरी प्रमुख डीआइजी प्रधुम्न कार्कीले भने, ‘अवस्था यस्तै रहे हामी कर्फ्यू लगाएर भएपनि सबैलाई घरमा बस्न लगाउछौ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: