×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नआत्तिऔँ, सचेत बनौं ! एकैपटक थप ३ जनालाई कोरोना संक्रमण देखिएपछि सुदुरपश्चिममा कर्फ्यु लगाउने तयारी !

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । सुदुरपश्चिम प्रदेशमा थप नयाँ तीन जना संक्रमित फेला परेका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले दिएको जानकारी अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष, र कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त)मा कोरोना संक्रमणको पुष्टी भएको हो । योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।
स्थिति जटिल बनेपछि सुदुरपश्चिम प्रदेश सरकारले सबै प्रशासन कार्यालयहरुलाई कर्फ्यु आदेश जारी गर्न निर्देशन दिन लागेको स्रोतको दाबी छ । ‘स्थिति असहज बन्दै गएको छ । यो बेला आत्तिनु हुँदैन । सतर्क बन्नुपर्छ । तर छिट्टै कर्फ्यु लाग्दैछ सुदुरपश्चिम प्रदेशमा ।’ स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो ।      
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: