×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘लकडाउन तत्काल खुल्दैन’ : प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन तत्काल नखुल्ने प्रष्ट पारेका छन् । आज सातैवटा प्रदेशका मुख्यमन्त्रीहरुसँग पालैपालो भिडियो कन्फरेन्स गरेका ओलीले लकडाउन हतारामा खोलेर गल्ती नगरिने प्रष्ट पारेका उनको सचिवालयले जनाएको छ । उनले बिहान ११ बजेदेखि करिब ४ बजेसम्म मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए । 

भारतले कम्तीमा २ हप्ताले लकडाउनको अवधि लम्ब्याउन खोजिरहेको छ । प्रधानमन्त्री ओलीले मूख्यमन्त्रीहरुलाई कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि सकेसम्म कडाई गर्न, सीमा क्षेत्रमा थप कडाई गर्न समेत निर्देशन दिएका छन् । 
प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो-‘लकडाउन भनेपछि लकडाउन । नो एक्सक्यूज, नो कम्प्रोमाइज ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: