बैतडीको हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण पुष्टि, जिल्ला प्रहरी कार्यालय सिल

  • अर्थ सरोकार सम्बाददाता 
बैतडी । बैतडीमा प्रहरी हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवामा संक्रमण पुष्टि भएको हो । 

चार थुनुवाको स्वाब परीक्षणका लागि पठाइएको र एक जनाको रिपोर्ट आएकोमा उनको कोरोना संक्रमण देखिएको बैतडीका प्रहरी प्रमुख डीएसपी दिल्लीनारायण पाण्डेले बताए । भारतबाट चैत ६ गते नेपाल आएका उनी कर्तव्य ज्यानको मुद्दामा वैशाख १५ गते पक्राउ परेका हुन्। थुनुवामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ।
प्रकाशित मिति : Friday, May 22, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal