×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा फेरि थपिए कोरोना संक्रमित, कुल संक्रमित संख्या ५ सय ४८ पुग्यो !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार

PRIME CA
laxmi sunrise bank

काठमाडौँमा फेरि थपिए कोरोना संक्रमित, कुल संक्रमित संख्या ५ सय ४८ पुग्यो !

काठमाडौँ।  शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् । रुपन्देहीमा ८ जना, बारा, चितवन र काठमाडौं जिल्लामा पनि एक एक जना संक्रमित भेटिएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: