×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकल महिला र अपाङ्ग व्यक्तिको भत्ता नरोक्न सरकारलाई निर्देशन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

एकल महिला र अपाङ्ग व्यक्तिको भत्ता नरोक्न सरकारलाई निर्देशन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । संसदीय समितिले ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकले विपन्न, अशक्त र असाहय अवस्थामा रहेका ६० वर्षभन्दा मुनिका एकल महिला, फरक क्षमता भएका, बालबालिका, लोपोन्मुख जातिका नागरिकलाई दिँदै आएको सामाजिक सुरक्षा वापतको भत्ता नरोक्न नेपाल सरकार गृहमन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति निरुदेवी पालले सरकारले सामाजिक सुरक्षा भत्ताको सम्बन्धमा यसअघि गर्दै आएका कामहरुको विवरण समितिमा उपलब्ध गराउन र उपलब्ध गराउँदै आएको सुविधालाई निरन्न्तरता दिन निर्देशन दिइएको बताइन् ।

उनले भनिन्, ‘नेपालको संविधान बमोजिम आर्थिक रुपले विपन्न अशक्त र असाहय अवस्थमा रहेका एकल महिला, अपाङ्गता भएका फरक रुपले सबल, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकहरुको सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्ने, सामाजिक सुरक्षा सम्बन्धी कानूनहरु र प्रचलित व्यवहारबीच भिन्नता देखिएको कारण लाभग्राहीहरुलाई समस्या देखिएको भनि सम्बन्धित पक्षहरुबाट यस समितिमा गुनासोहरु प्राप्त भएकोले सो सम्बन्धमा भए गरेका कामहरुको विस्तृत विवरण यथाशिघ्र यस समितिलाई उपलब्ध गराउन, तथा महामारीको परिवेशमा उपलब्ध गराउँदै आएको सुविधालाई निरन्तरता दिन आवश्यक रहने देखिएकोले प्रचलित सामाजिक सुरक्षा भत्ता हाललाई यथावत राख्न समिति नेपाल सरकार गृहमन्त्रालयलाई निर्देशन गर्दछ ।’
बैठकमा सांसदहरुले विपन्न, अशक्त र असाहय अवस्थामा रहेका व्यक्तिहरुलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता रोक्न लागिएको भन्दै विरोध गरेका छन् । ६० वर्ष भन्दा कम उमेरका एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको भत्ता सरकारले रोकेको भन्दै उक्त कदमलाई समितिले रोक्नुपर्ने बताए । उनीहरुले असाहय व्यक्तिको भत्ता अझ बढाएर उनीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।
सरकारले सामाजिक सुरक्षा ऐन २०७५ मा त्रुटि रहेको र यसमा हेरफेर गर्नुपर्ने भन्दै ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता रोकेको छ । सरकारी तथ्याङ्कअनुसार देशभर २ लाख व्यक्तिले अपाङ्गता परिचयपत्र लिएका छन् । त्यसमध्ये ५१ हजार ९ सय ४ जना पूर्ण अपाङ्गता भएका र ९७ हजार जना अति अशक्त अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । यस्तै करिब ६ लाखको संख्यामा एकल महिला रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: