निजी विद्यालय डुब्दै गएपछि प्रिन्सिपलद्धारा आत्महत्या

  • अर्थ सरोकार सम्बाददाता 
पर्वत । कोरोनाका कारण विद्यालय सञ्चालन अनिश्चित बन्दै गएपछि एक निजी विद्यालयका प्रिसिन्पलले आत्महत्या गरेका छन् । पर्वतको जनआदर्श अंग्रेजी आवासीय विद्यालयका प्रिन्सिपल श्यामलाल सुनारले आज (आइतबार) विहान आत्महत्या गरेका हुन् ।

निजी विद्यालयका सञ्चालकहरुले विद्यालय सञ्चालनको घरभाडा, शिक्षक कर्मचारीको तलब, बैंकको किस्ता तथा ऋण व्यवस्थापन गर्न पाउनुपर्ने भन्दै शुल्क उठाउन माग गर्दै आएका छन् । तर सरकार र विद्यार्थी संगठनको दबाबपछि अभिभावकसँग शुल्क उठाउन पाएका छैनन् । लकडाउन, बेरोजगारी लगायतका कारण दैनिक आत्महत्या गर्ने बढ्दै गएका छन् । लकडाउन र आर्थिक कारण भएको हुनसक्ने भन्दै प्याब्सनिष्टहरुले छानबिनको माग गरेका छन् ।
प्रकाशित मिति : Sunday, July 05, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal