×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार सुदूरपश्चिममा थप २२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार पुग्यो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

बिहिबार सुदूरपश्चिममा थप २२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार पुग्यो

बैतडी
  • अर्थ सरोकार सुदूरपश्चिम प्रदेश
धनगढी । बिहिबार सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशाला र डडेल्धुरा अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा थप २२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । धनगढीमा रहेको प्रयोगशालामा १४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा ८ गरी कुल २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 
धनगढीमा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएका १४ जनामध्ये ८ पुरुष र ६ महिला रहेका छन् । संक्रमण पुष्टि भएका १४ जना कैलालीको कैलारी गाउँपालिका–४ का दुई महिला र दुई पुुरुष गरी ४ जना, कैलालीकै गोदावरी नगरपालिका दुई पुरुष र एक महिला गरी ३ जना, कैलालीकै धनगढी उपमहानगरपालिका–१८ का एक पुरुष र एक महिला गरी २ जना, कैलालीकै टिकापुर नगरपालिका–१ का एक पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै कञ्चनपुरको बेतकोट नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जना, कञ्चनपुरकै भिमदत्त नगरपालिका–४ का एक पुरुष र बझाङको खप्तडछान्ना गाउँपालिका–६ एक महिलामा कोरोना पुष्टि भएको श्रेष्ठले बताउनुभयो ।
यता डडेल्धुरा अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएका ८ जना डडेल्धुराकै रहेका छन् । यो सँगै सुदूरपश्चिममा कुल संक्रमितको संख्या ४ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढि कैलालीमा नौँ सय ४१, अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ७८, कञ्चनपुरमा चार सय ६२, डडेल्धुरामा दुई सय ९२, बैतडीमा दुई सय ७६, बझाङमा एक सय ७० र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमित मध्ये एक हजार ६ सय १५ जना डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: